aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्जरका कारण रोकिएको तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ माघ २०७९
मर्जरका कारण रोकिएको तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ले मर्जरका कारण रोकिएका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्सकोे शेयर फुकुवा गरेको हो । 

एकिकृत कारोबापछि बढीमा १५ कारोबार दिन पुनः रोक्का हुने गरी नेप्सेले यी कम्पनीहरूको आधारभुत शेयरधनी बाहेकको शेयर फुकुवा गरेको हो । कारोबार फुकुवा भएसँगै विगत आठ महिनादेखि रोक्का रहेको यी कम्पनीको शेयर कारोबारमा आउनेछ । 

मंगलवारदेखिनै यी कम्पनीको शेयर कारोबारमा आउने नेप्सेको भनाई छ । यी तीन ओटै कम्पनी एक आपसमा मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर भएसँगै गत जेठ ३ गते देखि शेयर कारोबार रोक्का भएको थियो । 

प्रतिक्रिया दिनुहोस