aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपि पावरको साधारण सभा फागुन १४ गते, लाभांश र हकप्रद शेयर पारित हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
अपि पावरको साधारण सभा फागुन १४ गते, लाभांश र हकप्रद शेयर पारित हुँदै

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले फागुन १४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले बानेश्वर ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गरेको छ । 

कम्पनीको हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि भने कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त पछि बुक क्लोज गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस