aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशनका लागि दुई कम्पनीले पाए बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
आईपीओ निष्काशनका लागि दुई कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पछिल्लो समय दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

दोल्ती पावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले अहिले दैलेख जिल्लामा ४ दशमलव ८ मेगावाट क्षमताको पदम खोला स्मल हाइड्रो पावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

यसैगरी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले  पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले  १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्कासन गर्नेछ । यस कम्पनीले पनि दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको दोरी खोला स्मल हाइड्रो पावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

दुबै कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । यी कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्नेछन् । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीमा शेयर जारी गर्दा वितरण हुन नसकेमा कम्पनीले सर्वसाधारणमा थप गरि वितरण गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस