aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत माघ १६ गते आईपीओ निष्कासनका लागि अनुमति माग्दै  आवेदन दिएको हो ।

कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको गत कात्तिक २३ गते सम्पन्न वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला हाइड्रो पावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस