aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सम्पत्तिको जोखिमबारे सचेत बन्दै नेपाली, निर्जीवन बीमाशुल्कमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
सम्पत्तिको जोखिमबारे सचेत बन्दै नेपाली, निर्जीवन बीमाशुल्कमा वृद्धि

काठमाडौं । पछिल्लो समय आफ्नो सम्पतिको जोखिमबारे नेपालीहरु सचेत बन्दै गएको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्कको वृद्धिलाई हेर्दा यस्तो देखिएको हो । 

गत वर्षको तुलनामा यस्तो बीमा गर्ने ५ प्रतिशतले बढेको पाइएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांक अनुसार पुस मसान्तसम्म बीमा कम्पनीहरुले २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । 

कम्पनीहरुले यस अवधिमा १३ लाख ९५ हजार ३२ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क गत आवको तुलनामा ५.१५ प्रतिशतले बढि हो । जबकी गत आवको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बरबरको बीमाशुल्क संकलन गरेका थिए । 

पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले २ लाख ४७ हजार ७६८ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा व्यवसायको क्षेत्रमा सबैभन्दा बढि बीमा व्यवसाय गर्नेमा शिखर इन्स्यारेन्स रहेको छ । जसले चालु आवको पुस मसान्तसम्म २ अर्ब ६५ करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा नेको इन्स्यारेन्स रहेको छ । यस कम्पनीले सो अवधिमा १ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ । 

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुसमहिनासम्म हिमालयन एभरेष्ट इन्स्यारेन्सले एक अर्ब ५० करोड ८१ लाख रुपैयाँ, सगरमाथा इन्स्यारेन्स कम्पनीले एब अर्ब ४९ करोड ८० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले एब अर्ब ४० करोड ७७ लाख रुपैयाँ र सिद्धार्थ इन्स्यारेन्स कम्पनीले एक अर्ब ३४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब १ करोड ६४ लाख रुपैयाँ, अजोड इन्स्यारेन्स कम्पनीले ९० करोड ४८ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब २० करोड ३८ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले ९७ करोड १९ लाख रुपैयाँ र पु्रडेन्सियल इन्स्यारेन्स कम्पनीले ६४ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

त्यसैगरी, यस अवधिमा आईएमई जनरल इन्स्यारेन्सले ९० करोड २६ लाख रुपैयाँ, प्रभु इन्स्यारेन्स कम्पनीले ८२२ करोड ४५ लाख रुपैयाँ, प्रिमियर इन्स्यारेन्स कम्पनीले एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हेर्दा बीमाशुल्क संकलनमा सबैभन्दा कमजोर नेशनल इन्स्यारेन्स कम्पनी देखिएको छ । यस कम्पनीले चाल आवको ६ महिनामा ४९ करोड ४० लाख रुपौयँ मात्रै बीमाशुल्क संकलन गरेको छ । जबकी यस अवधिमा केही निर्जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ भन्दा बढि बीमाशुल्क संकलन गरेका छन् । 

यस अवधिमा नेशनल इन्स्यारेन्स कम्पनीले ७९ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दि ओरिएन्टल इन्स्यारेन्स कम्पनीले ७० करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस