aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशन गर्न मेन्छियाम हाईड्रोपावरले पायो सेबोनको स्वीकृती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
आईपीओ निष्काशन गर्न मेन्छियाम हाईड्रोपावरले पायो सेबोनको स्वीकृती

काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ १९ गते सेबोनबाट स्वीकृती पाएको हो ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृती पाएसँगै पहिलो चरणमा स्थायिन बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस