aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्राइम लाइफ इन्स्योरेन्सलाई बोनस वितरण गरी चुक्ता पुँजी २ अर्ब पुर्याउने बाटाे खुल्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
प्राइम लाइफ इन्स्योरेन्सलाई बोनस वितरण गरी चुक्ता पुँजी २ अर्ब पुर्याउने बाटाे खुल्याे

काठमाडौं । बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न बाटो पनि खुला गरिदिएको छ ।

बीमा समितिको सहमति सँगै सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने र बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष साधारणसभा लैजाने निर्णय गर्ने तयारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । एनएफआरएस अनुसार आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन बीमा समितिबाट स्वीकृत हुन बाँकी नै भएकोले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अब विशेष साधारणसभा गरेर बोनस सेयर वितरण गर्ने भएकाे छ ।

पुँजीवृद्धिका लागि बीमा समितिले दवाव दिएपछि प्राइमले कम्पनीको फ्रि रिजर्भमा रहेको करिव २३ करोड रुपैयाँ बाट बोनस सेयर वितरण गरी  चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाउने बाटो रोजेको हो ।

प्रतिक्रिया दिनुहोस