
काठमाडौं । सरकारले वैदेशीक रोजगार ऐन शंसोधन गर्दै म्यानपावरको धरौटी वृद्धि गरेपछि ३ सय ७९ वटा म्यानपावर खारेज हुने भएका छन् । सरकारले म्यानपार कम्पनीलाई व्यबस्थीत गर्न भदौ १८ गतेसम्म दिएको म्यादमा ८ सय ४८ वटा मेनपावर कम्पनी धरौटी बुझाएका छन् । वैदेशिक रोजगार विभागका अनुसार हाल एक हजार २ सय २७ वटा मेनपावर कम्पनी दर्ता थिए । तीमध्ये २ सय ९ वटा कम्पनी खारेज भएका छन् ।
नयाँ व्यबस्था अनुसार ३ हजारभन्दा कम कामदार पठाउने रोजगार व्यवसायीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैङ्क ग्यारेन्टी गरी २ करोड रहेको छ । त्यस्तै, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने कम्पनीले एक करोड नगद र ३ करोड बैङ्क ग्यारेन्टी गरी ४ करोड छ ।
त्यस्तै एक वर्षमा ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले २ करोड नगद र ४ करोड बैङ्क ग्यारेन्टी गरी जम्मा ६ करोड धरौटीको व्यबस्था रहेको छ । यसभन्दा पहिला २३ लाख बैक ग्यारेन्टी र ७ लाख नगद गरी ३० लाख धरौटी राख्नुपर्ने व्यवस्था थियो।
प्रतिक्रिया दिनुहोस