aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

च्याट जीपीटीले पार्दैछ धेरैको जागिर चट्, पत्रकारको पनि हुँदैछ निदहराम !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
च्याट जीपीटीले पार्दैछ धेरैको जागिर चट्, पत्रकारको पनि हुँदैछ निदहराम !

काठमाडौँ। आजकल एउटा शब्दले हंगामा नै मच्चाएको छ, टेक्नोलोजीको दुनियाँमा । त्यो हो 'च्याट जीपीटी'। च्याट जीपीटी नामक यो आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित च्याट बक्स गत वर्ष नोभेम्बर ३० मा लन्च गरिएको थियो। त्यसको दुई महिना बित्दा जनवरीमा यसका मासिक सक्रिय प्रयोगकर्ताहरू १० करोड नाघिसकेका छन् ।

यससँगै, यो इन्टरनेटको इतिहासमा सबैभन्दा छिटो धेरै उपभोक्ता प्राप्त गर्ने एप बनेको छ। जनवरीमा दैनिक १३ लाखका दरले यसको प्रयोगकर्ता थपिएका थिए। तर, यसले हङ्गामा मच्चाउनुको कारण भने बेग्लै छ। वास्तवमा, धेरै सेतो-कलरवाला रोजगारहरू च्याट जीपीटीबाट जोखिममा पर्दै छन् छन्। शिक्षा संस्थाहरूमा पनि चिन्ता थपिएको छ ।

वास्तवमा, च्याट जीपीटीका धेरै सीमितताहरू छन्। किनकि यसले हाल २०२१ सम्मको मात्र डाटा दिन्छ। यसका निर्माताले आफ्नै अनुसार यसलाई बनाएका छन् । अर्थात्, यसको जानकारी पूर्वाग्रह युक्त पनि हुनसक्छ। उसले गलत जवाफ पनि दिन सक्छ । त्यसैले यो कम भरपर्दो छ। सबैभन्दा महत्त्वपूर्ण कुरा च्याट जीपीटीसँग मानिसको जस्तो सामान्य ज्ञान छैन। यसले कुनै नयाँ कुराको विकास गर्दैन ।

यसले उसमा अवस्थित डाटामा आधारित नमुना मात्र उत्पन्न गर्दछ। तर के निश्चित छ भने आगामी दिनमा यो तीव्र गतिमा बढ्नेछ । जसले गर्दा धेरैको रोजगारी जोखिममा पर्नेछ । किनभने यो क्रान्ति हो।

त्यसो त कम्प्युटर आएपछि त्यसले पनि धेरैको जागिर खान्छ भनिएको थियो । तर उल्टो भयो। बरु अहिले काम द्रुत गतिमा हुन थालेको छ । च्याट जीपीटीले बरबाद हुनबाट जोगाएर समय पनि बचत गर्नेछ। यसले सीप विकास नगर्ने मानिसहरूलाई मात्र फरक पार्छ। च्याट जीपीटी जस्ता उपकरणहरूको साथ निकट भविष्यमा उत्पादकता धेरै बढ्नेछ।

फोर्ब्सका अनुसार च्याट जीपीटीले केही क्षेत्रका पेशाकर्मीहरुका लागि भने नराम्रो असर पार्नेछ। यसले जागिर खोस्न सक्ने सम्भावित क्षेत्रहरुमा पत्रकारिता समेत रहेको छ। यसले विशेषगरी सुचना प्रविधिका क्षेत्रमा रहेका प्राविधिक रोजगारहरू (कोडरहरू, कम्प्युटर प्रोग्रामरहरू, सफ्टवेयर इन्जिनियरहरू, वेब विकासकर्ताहरू, सफ्टवेयर विकासकर्ताहरू, डेटा विश्लेषकहरू) लाई भने मिकै नै गाह्रो पार्ने देखिएको छ। किनकि यसले ति कामहरु कसरि गर्ने वा कोडिंगमा के स्क्रिप्ट लेख्ने समेत बताईदिन्छ। 

मिडिया रोजगारका कामहरू जस्तै: सामग्री निर्माणकर्ता, विज्ञापन, प्राविधिक लेखन, पत्रकारिता लगायतका रोजगारी समेत यसले अप्ठ्यारोमा पार्ने देखिँदै छ। कुनै पनि विषयमा यसले नै लेखेर दिने भएपछि त्यस्तो लेख्न गरेर आफ्नो गुजारा गरिरहेकाहरू भने यसको निर्माणले पिरोलिने निश्चित छ।  

प्रतिक्रिया दिनुहोस