
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (Chhimek Laghubitta Bittiya Sanstha Ltd.) ले ४० प्रतिशत लाभांश दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको साधारण सभाका लागि बैशाख १६ गतेदेखि ३० गते सम्म बन्द गर्ने भएको छ । जसका लागि आज अर्थात बैशाख १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछ ।
कम्पनीले आव २०७४र७५ को मुनाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले १८ प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बोनस शेयर र २२ प्रतिशतले हुन आउने २२ करोड रुपैयाँ नगद लाभांश दिने भएको छ ।
यसअघि राष्ट्र बैंकले छिमेकलाई लाभांश वितरण गर्न रोक लगाएको थियो । तर केन्द्रीय बैंकले निरीक्षण गरी औंल्याएका कैफियतहरु सुधार गरी पुनः विवरण पेश गरेपछि भने छिमेकले लाभांश वितरणका लागि स्वीकृति पाएको हो ।
यता, आर्थिक वर्ष २०७४–७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ ।
प्रतिक्रिया दिनुहोस