
धरान । मंगलबारदेखि धरानमा सुरु भएको यामाहा महामेलामा एक करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।
यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्स र मोरङ अटो वर्कको संयुक्त आयोजनामा शुरूभएको उक्त मेलामा बुधवार सम्ममा सो रकम बराबरको कारोबार भएको हो ।
महामेलामा नयाँ बिक्री भको मोटरसाइकल र स्कुटरको सङ्ख्या ५४, एक्सचेञ्ज सङ्ख्या ४० रकोको र बाँकी क्यासमा कारोबार भएको
आयोजकले जनाएको छ ।
भदौ २० गतेसम्म सञ्चालन हुने मेलामा नयाँ मोटरसाइकल खरिदका लागि ८ ओटा बुकिङ भइसकेको विजयपुर टेड्रर्सका सञ्चालक प्रभाव खतिवडाले बताए ।
उनका अनुसार मेलामा मोटरसाइकल एक्सचेञ्ज, पुरानो मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट मूल्याङ्कन, नयाँ मोटरसाइकल खरिदमा खरीदस्थलमै फाइनान्सको सुविधा, फ्री एसोसेरिज, फ्री चेक अप क्याम्प लगायत सेवा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस