
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडकोे सर्वसाधारणमा बिक्री गरिएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त शेयर बाँडफाँट भएको हो ।
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदनहरुको विवरण निम्न अनुसार प्राप्त भएको छ । यहि माघ १३ गतेदेखि माघ १७ गतेसम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणको लागि निष्काशीत १९ लाख ९२ हजार कित्ता शेयरको लागि माग भन्दा अधिक शेयरको लागि आवेदन प्राप्त भएको थियो ।
उक्त बाँडफाँडमा रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये जम्मा एक लाख ९९ हजार दुइ सय जना आवेदकहरुलाई १० कित्ताको दरले १९ लाख ९२ हजार कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया दिनुहोस