aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ खरिदमा म्याद थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
सगरमाथा जलविद्युत कम्पनीको आईपीओ खरिदमा म्याद थप

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा यस अघि माघ २६ गतेसम्म विक्री अवधि तोकेकोमा फागुन ५ गतेसम्मको अवधि थप गरेको हो ।

कम्पनीले माघ ५ गतेदेखि  पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने माघ १९ गतेसम्म ४ लाख ३६ हजार ८०० कित्ता शेयर विक्री गरिएको हो । 

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अघिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन सम्बन्धी व्यवस्थाबाट समेत प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने नेपाल सि–आस्बा प्रणाली मार्फत मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको छ । 

प्रतिक्रिया दिनुहोस