aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शुभम पावरको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
शुभम पावरको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रवार बिहान आईपिओ बाँडफाँड बाँडफाँट गरेको हो । 

आयोजना प्रभावित स्थानीयमा यसअघिनै आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपिओमा खरीदका लागि कुल १२ लाख ७५ हजार ४२१ जनाको आवेदन प्राप्त भएको थियो । 

कुल आवेदकहरूबाट  करोड ३८ लाख ४७ हजार ५७० कित्ता शेयर खरीद माग भएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये ३ हजार ५८७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट १२ लाख ७१ हजार ८३४ जना योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएको थियो । यसमध्ये भाग्यमानी ४८ हजार १८८ जना आवेदकले शेयर हात पारेका छन् । यी मध्येपनि भाग्यमानी २ जनाले थप एक कित्ता शेयर गरी कुल ११ कित्ता शेयर हात पारेका छन् । 

यस कम्पनीले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड पछि  कर्मचारीलाई ११ हजार ६१० कित्ता छुट्याएर  ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्बसाधारणमा विक्री गरेको थियो । 

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ यस आयोजनाको कुल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ । 

प्रतिक्रिया दिनुहोस