
काठमाडौं । सम्पत्ती दायित्वको मुल्याङ्कन प्रतिवेदन (एक्चुरी) रिपोर्ट नआएका कारण प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबारमा ढिलाई भएको कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी वृद्धि गर्ने निर्देशन दिएपछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको लागि अगाडी बढेको कम्पनीले जनाएको छ । भारतिय बीमांकीबाट सम्पत्ती दायित्वको मुल्याङ्कन प्रतिवेदन आउन ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने कम्पनीको भनाई छ ।
एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने कम्पनीले जनाएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चार वर्ष पुरा गरेको छ । कम्पनीले २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती रहेकाे कम्पनीले जनाएको छ ।
कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नुपरेको कम्पनीले जनाएको छ ।
नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गरेको छ ।
कम्पनीले गत आव २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आवको पौष मसान्तसम्ममा चुक्ता पूँजीमा ५०५, जगेडा कोषमा ६०.७५, जीवन बीमा कोषमा ५६.४५, महाविपत्ति कोषमा ४४.५५, कर्जा लगानीमा २९.५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५.४५ ले वृद्धि गर्न सफल भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस