
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको बीमा शुल्क आर्जनमा गिरावट देखिएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.३८ प्रतिशतले कम हो । यो आर्थिक वर्षको समिक्षा अवधिमा ८ अर्ब ६८ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । खुद बीमाशुल्क घटेपनि बीमांकिय मुल्यांकन अघिको खुद नाफा भने २८.४२ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ र बीमालेख धितोमा २० अर्ब ८० करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक खर्ब १ अर्ब २१ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड १५ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस