aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै करिब ३ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
एशियन हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै करिब ३ गुणा बढी आवेदन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले विक्रीमा ल्याएको आईपीओ खरीदका लागि चार घण्टाभित्रै मागभन्दा करिब तीन गुणा बढी आवेदन परेको छ । माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको कम्पनीको दिउँसो २ बजेभित्र १ लाख ६७ हजार ५२२ जनाले १८ लाख ९७ हजार कित्ता शेयर खरीद माग गरेका हुन । 

कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख  बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ । 

त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी  १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ । यी वाहेक बाँकी ६ लाख ९७ हजार २०० कित्ता शेयर कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो ।

कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन प्राप्त भैसकेकाले कम्पनीको आईपीओ छिटो अवधि फागुन २ गतेसम्म मात्र विक्रीमा रहनेछ । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सि–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

यस कमपनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस