
काठमाडो. । गुड्ने साधनलाई विलासिताको ट्याग लगाउन नमिल्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । पौडेलले नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४६ औं वार्षिक साधारणसभालाई संबोधन गर्दै विलासिताको वस्तुको परिभाषा बदल्न पर्ने र अब अटोमोबाइल विलासिताको वस्तुको ट्याग लगाएर राख्न नहुने बताएका हुन ।
उनले भने, ‘जसरी मोबाईल फोनलाई पहिले विलासिताको बस्तुमा राखिएको थियो। तर अहिले मोबाईल फोन आवश्यकताको सामान भएको छ। त्यसरीनै सवारीसाधनलाई पनि विलासिताको बस्तुबाट हट्छ।’
उनले भने, 'अर्थतन्त्रका बाह्य क्षेत्रमा सकारात्मक परिवर्तन भएपनि केही सुचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक स्थिति बुझौं ।' विद्युतमा आत्मनिर्भर भएपछि विद्युत निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले जोड गरिरहेको समेत उनले बताए। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले पछिल्लो आर्थिक संकट शुरुभएदेखि नेपालका अटो व्यापार ८० प्रतिशतले घटे भन्दै राज्यले सहजिकरण गरिदिन आग्रह गरेका थिए।
थापाले पाँच वर्षमा सवारीको हिस्सा ५० प्रतिशत पुग्ने दावी गरेका छ्न् । उनले भने, 'नेपालमा बिद्धुतिय सवारीप्रति आकर्षण बढेकाले अबको पाँच वर्षमा यसको हिस्सा ५० प्रतिशत पुग्नेछ ।' विद्युतीय सवारीको गुणस्तरीय प्रयोगका लागि सरकारको नियमन आवश्यक रहेको थापा भनाइ थियो । अध्यक्ष थापाले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधन उत्पादन र आयात गर्नुपर्ने आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस