aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिर्जना फाइनान्सको हकप्रदमा बुक क्लोज मिति सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
सिर्जना फाइनान्सको हकप्रदमा बुक क्लोज मिति सर्यो

काठमाडौं । सिर्जना फाइनान्सको ६०% हकप्रदको बुक क्लोजको मिति परिवर्तन भएको छ ।

कम्पनीले अब १०ः६ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि असोज ६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको बुधबार बसेको बैठकले प्राविधिक कारणले गर्दा बुक क्लोजको मिति परिवर्तन गरेर असोज ६ मा पुर्याएको छ । यसआधारमा असोज ५ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् ।

यसअघि यो हकप्रदमा शुक्रबार (भदौ २० गते) बुक क्लोज गर्ने जानकारी दिइएको थियो । सिर्जनाले कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १५ करोड ७३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस