aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इक्रा नेपालको साधारणसभा असोज १० मा, नगद लाभांशको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
इक्रा नेपालको साधारणसभा असोज १० मा, नगद लाभांशको प्रस्ताव

काठमाडौं । इक्रा नेपाल लिमिटेडको सातौं साधारणसभा असोज १० गते गर्ने भएको छ । सभा दिनको २.३० बजे होटल अन्नपूर्ण दरबारमार्गमा हुने भएको हो । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आव २०७५ ०७६ को प्रतिवेदन पारित गर्ने, सोही आवको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने रहेका छन् । 

त्यस्तै,लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, वर्तमान लेखा परिक्षकलाई पुनः नियुक्ति गर्ने विषयहरु रहेका छन् । साथै, कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापुँजीको ३३ दशमलव ६८४२१ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने विषयको पनि सभामा छलफल हुनेछ । 


 

प्रतिक्रिया दिनुहोस