
काठमाडौं । ट्राफिक प्रहरीको ज्यादतिका विरुद्धमा यातायात मजदुरले गरेको आन्दोलनका कारण काठमाडौंको बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण बालाजु माछापोखरी क्षेत्र तनावग्रस्थ बनेको छ । मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।
आन्दोलनकारीले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । भने प्रहरीको दुई वटा भ्यानमा आगलागी गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार एक कार्यक्रम आयोजना गरी संयुक्त आन्दोलन परिचालन घोषणा गरेका हुन्। यातायात मजदुरहरुदे आन्दोलनको कार्यक्रम तालिका अनुसार फागुन ३ गतेदेखि यातायात ठप्प हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।
ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै संघहरूले संयुक्त रूपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए। उक्त सम्बन्धमा सरोकारवालाहरूले चासो नदेखाएको भन्दै आफूहरू आन्दोलनमा जानुपरेको राईको भनाइ छ।
‘फागुन २ गते (भोलि) अल्टिमेटम सकिँदैछ। हालसम्म पनि नियमक निकायहरूबाट कुनै पनि सहमतिको पहल गरेको छैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष र नेपाल यातायात मजदुर संघका अध्यक्ष संयोजक रहेको आन्दोलन परिचलन कमिटि गठन गरेको थियो ।
उक्त कमिटीमा तीनवटै संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका सदस्यसहित पदाधिकारीहरू र इकाई कमिटीका अध्यक्षहरू सदस्य रहने गरी एक हजार ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ। त्यसैगरी आन्दोलनलाई सहज बनाउन ४१ सदस्यीय संयुक्त आन्दोलन परिचालन सचिवालय गठन गरिएको राईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस