
काठमाडौं । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गरेको छ । ट्राफिक नियम मिच्दा वृद्धि गरेको जरिवाना शुल्क फिर्ता गरेको हो। ट्राफिकले ५०० रुपैयाँ रहेको जरिवानालाई १५ सय रुपैयाँसम्म वृद्धि गरेको थियो।
यसको चौतर्फी विरोध भएपछि यातायात व्यवस्था विभागले बढाइएको जरिवाना न्यूनतम ५०० नै कायम गर्न सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार जरिवाना रकम पहिले कै कायम गर्न आइतबार सचिवस्तरीय बैठक बसि निर्णय गरेको थियो। उक्त बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको स्रोतले जनाएको छ।
ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै संघहरूले संयुक्त रूपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए। उक्त सम्बन्धमा सरोकारवालाहरूले चासो नदेखाएको भन्दै आफूहरू आन्दोलनमा जानुपरेको राईको भनाइ छ।
प्रतिक्रिया दिनुहोस