
काठमाडौं । नेपालमा हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरु ३७ वर्षदेखि बिक्री गर्दै आएको ज्योति समूहको नेपाल जनरल मार्केटिङ (एनजीएम) पाखा लगाउने सँगको इण्डियाको हिरो मोटोकर्प योजना तत्कालका लागि सर्वोच्च अदालतले पखा लगाइदिएको छ । इण्डियाको हिरो मोटोकर्पले एक पक्षिय रुपमा सम्झौता तोड्न खोजेपछि एनजीएम अदालत गएको थियो । सर्वोच्च अदालतले सम्झौता एक पक्षिय रुपमा नतोड्न सर्वोच्च अदालतले आदेश दिएको एनजीएम स्रोतले बताएको छ ।
इण्डियाको हिरो मोटोकर्पले हाल रहेको सम्झौता उलंघन गरेको र एसेम्ब्लिङ प्लान्टबाट आउने नाफामा अत्याधिक लाभ लिन खोजेको लगायतका सर्तहरु राखेको एनजीएम स्रोतले बताएको छ । ज्योति समूहसँग बार्गेनिङ गरेको र एनजीएम त्यसका लागि तयार नभएपछि उसले एकपक्षीयरुपमा आधिकारिक बिक्रेताको सम्झौता तोडेको पत्र पठाएको थियो । उक्त पत्रप्रति विमति जनाउँदै ज्योति समूह अन्तरिम आदेशका लागि सर्वोच्च गएको थियो ।
ज्योति समूहको रिट निवेदनमा सर्वोच्चले आइतबार हिरो मोटोकर्पको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो । हिरो मोटोकर्पले अर्बौ रुपैयाँको सामान एनजीएम ट्रेडिङलाई बिक्री गरी रकम समेत लिई स्टकमा रहेको उक्त सामान बिक्री गर्न नपाउँदै सम्झौता नवीकरण नगर्ने जानकारी गराउँदा एनजीएमलाई अपुरणीय क्षति हुने देखिएकाले हिरो मोटोकर्पले एनजीएमसँग गरेको व्यवसायिक कार्य गर्न अवरोध नगर्ने र सम्झौता भंग गर्नेगरी भएको पत्राचार कार्यान्वयन नगर्नु भनी हिरो मोटोकर्पको नाममा सर्वोच्चले अन्तरिम आदेश दिएको छ । एनजीएमले हाल नेपाल भरी १०० भन्दा बढी शो रुपम र ४० वटाभन्दा बढी गोदामहरु निर्माण गरेको छ । भने प्रत्यक वर्ष ३५ हजारभन्दा बढी मोटरसाइकल विक्री गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस