
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्म स्वास्थ्य बीमा वापतको ६ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले पाचौं पटक अर्थात यही पुस महिनासम्म स्वास्थ्य बीमा वापतको ६ अर्ब ९१ करोड ७१ लाख ९५ हजार ९ सय रुपैयाँ दावी भुक्तानी गरेको हो ।
बोर्डले पाचौं पटकको दावी भुक्तानीमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९०० रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ । बोर्डको माघ १८ गते बसेको बैठकको निर्णयर अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको पूर्ण तथा आम्सिक फर्छौंट गरी बाँकी रकम भुक्तानी गरेको हो ।
यसअघि गत मंसिर महिनामा बोर्डले एक अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ दावी भुक्तानी गरेको थियो । त्यस्तै, कात्तिक महिनामा बोर्डले स्वास्थ्य बीमा वापतको एक अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ दावी भुक्तानी गरेको थियो ।
त्यसैगरी, असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने भदौमा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २७ अर्ब ९१ करोड रुपैयाँ भन्दाबढिको दावी भुक्तानी गरिसकेको जनाएको छ । स्वास्थ्य बीमा गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ । बोर्डको पछिल्लो तथ्यांक अनुसार देशभर स्वास्थ्य बीमा गर्नेहरूको संख्या ६२ लाख नाघेको छ ।
प्रतिक्रिया दिनुहोस