aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माया खोला हाईड्रोपावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
माया खोला हाईड्रोपावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ८८ दशमलव ५३ देखि २६५ दशमलव ५९ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थि वर्ष २०७७/७८ को वास्तविका प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ५३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीको आईपीओ माघ २६ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा १ लाख ९९ हजार २०० सय जनाले आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस