aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पहिलो दिन २ लाख ८१ हजारभन्दा बढीले भरे मोलुङ्ग हाइड्रोपावरको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
पहिलो दिन २ लाख ८१ हजारभन्दा बढीले भरे मोलुङ्ग हाइड्रोपावरको आईपीओ

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिन २ लाख ८१ ह्जार ८४० जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट ३२ लाख २६ हजार २९० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा १ दशमलव ४३ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत २२ लाख ६४ हजार ६५५ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुन आउने रू. २७ करोड २८ लाख ५० हजार बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएर बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

 पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ छिटो अवधि फागुन १० गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ४५ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २० करोडभन्दा बढी छ । 

प्रतिक्रिया दिनुहोस