aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ निष्कासन गर्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा फागुन ३ गते निवेदन दिएको हो ।  

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानिय बासिन्दका लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा  निष्कासन गर्नेछ । 

कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकाको वडा नम्बर १ मा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निमार्ण गर्दैछ । 
 

प्रतिक्रिया दिनुहोस