aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको अनुमति पाएको छ । कम्पनीलाई १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न फागुन ३ गते सेबोनले अनुमति दिएको हो । 

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले इलाममा ३ मेगाबाट क्षमताको सुपर माई क्यासकेड हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्दैछ । 
 

प्रतिक्रिया दिनुहोस