
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ खरीद गर्ने माग ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा माघ २२ गतेदेखि आईपीओ जारी गरेको थियो ।
कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरेको छ । १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने फागुन १८ गतेदेखि सर्वसाधारणमा भने आईपीओ जारी गर्नेछ ।
सर्वसाधारण शेयरधनीहरूले छिटो अवधि फागुन २३ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको मिति तय गरेको छ । यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधितकत १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।
साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिृक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस