aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईपीओ निष्काशनको प्रस्तावसहित ओम मेगाश्री फर्मास्यूटिकल्सले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
आईपीओ निष्काशनको प्रस्तावसहित ओम मेगाश्री फर्मास्यूटिकल्सले बोलायो साधारण सभा

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चितवन उद्योग परिसरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले २२ दशमलव २३ प्रतिशत शेयर सार्वजनिक निष्कासन गर्न नियाममक निकायमा धितोपत्र दर्ता गरी स्वीकृति लिने र सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विषय पनि सभाले टुङ्ग्याउनेछ । 

प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्वात पारित गर्दै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण समेत सभाले पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस