aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भोलिदेखि गुराँस लघुवित्तको आईपीओ खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
भोलिदेखि गुराँस लघुवित्तको आईपीओ खुल्दै

काठमाडौं, वैशाख १५ । भोलि सोमबारदेखि गुराँस लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

यो आईपीओ छिटोमा जैशाख २० गतेसम्म विक्रीमा रहनेछ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा जेठ १४ गतेसम्म विक्री खुला हुने छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् ५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । कम्पनीले जारी गर्ने कुल २ लाख ५० हजार कित्ता आईपीओमध्ये ३  हजार ८ सय ७५ कित्ता शेयर कर्मचारी र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 
३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएकाले यस आईपीओलाई क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छैन । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस