aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दुधको मूल्य लिटरमै १० रुपैयाँ बढाउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
दुधको मूल्य लिटरमै १० रुपैयाँ बढाउने तयारी

काठमाडौं । सरकारले दुधको मूल्यमा प्रतिलिटरमै १० रुपैयाँ बढाउने तयारी गरेको बुझिएको छ । श्रोतका अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी गरेको हो । 

बोर्डले हालको महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको छ ।

फाुगन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । यसअनुसार लिटरमा १४ रूपैयाँसम्म लागत महँगिएको भए पनि १० रूपैयाँ मात्रै बढाउन सिफारिश गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

प्राप्त जानकारी अनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको बोर्डको निश्कर्ष रहेको छ । 

बोर्डले गत २ फागुनमा मूल्य बढाउनेसम्बन्धी अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढाउने प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषदमा सिफारिश गरेपछि सरकारले दूधको भाउ बढाउने निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस