
काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासन प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १ गते प्रथम वार्षिक साधारण सभा आव्हान गरेको छ ।
फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
वास्तविक क्षेत्रका कम्पनीहरू धितोपत्र बजारमा भित्रिने क्रममा नेपालकै सबैभन्दा ठुलो स्टील कम्पनीको रुपमा स्थापित यस कम्पनीको प्रबेशले धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । कम्पनीले साधारण सभा मार्फत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने उल्लेख गरेपछि कति बोनस शेयर भने खुलाएको छैन् ।
सभाले कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्तावलाई समेत पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सञ्चालकहरूको पारिश्रमिक र भत्ता निर्धारणको विषय पारित गर्दै स्वतन्त्र नियुक्ती गर्ने विषय पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस