aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गर्ने

काठमाडौं । महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गर्ने भएको छ। अग्नि ग्रुपले हरेक वर्ष जस्तै यो वर्ष पनि महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गर्ने भएको हो। महिन्द्रा फोर व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्सले यही फागुन १४ गतेदेखि १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्न लागिएको जनाएको छ।

यो फेस्टलाई ४५-पोइन्ट चेकअप क्याम्प पनि भनिएको छ। क्याम्पमा लेबर चार्ज,  हेल्थ चेकअप निस्शुल्कसहित लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट दिने योजना रहेको कम्पनीले जनाएको छ। साथै यसमा एक्सेसरिजमा पनि २५ प्रतिशतसम्म छुटको लाभ लिन सक्ने कम्पनीले जनायो।

कम्पनीका अनुसार महिन्द्राका ग्राहकहरुले नेपालभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर फेस्टमा सहभागी हुन सक्नेछन्। साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस