aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
एशियन हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । सो कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान बाँडफाँट गर्न लागिएको हो ।

कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ । 

कम्पनीले जारी पूँजी ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू। १०० मूल्यका ८ करोड ४० लाख  बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।

त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी  १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर भने सार्वजनिक निष्काशनमा ल्याएको हो ।

उक्त कम्पनीको आईपीओ खरिदका लागि अन्तिम दिनसम्म मागभन्दा करिब २४ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार फागुन ३ गते साँझ ५ बजेसम्म १४ लाख ९२ हजार ७७८ जनाले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका हुन ।

यी आवेदकहरूबाट १ करोड ६६ लाख २६ हजार ५२० कित्ता शेयर खरीद माग भएको सिडिएससीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस