aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिंहदरवार परिसर भित्रै अखाद्य वस्तु बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
सिंहदरवार परिसर भित्रै अखाद्य वस्तु बिक्री

काठमाडौं । सिंहदरवार परिसर भित्र क्यान्टिनमा म्याद गुज्रिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलावा दुर्गन्धित मासु र तरकारी भेटिएको छ । सिंहदरबारको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आईतबार आकस्मिक अनुगमन गर्दा यस्तो भेटाएको हो ।

विभागको बजार निरिक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खान योग्य अवधी सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलावा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि  टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने  कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल  ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस