aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बिपिडब्लु लघुवित्तको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ फागुन २०७९
बिपिडब्लु लघुवित्तको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो । तोकिएको अवधिभित्र रिपतपूर्वक आवेदन दिएका आवेदकलाई फागुन १७ गते आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिएको हो ।

विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिएको जानकारी अनुसार १० कित्तादेखि एक हजार कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना आवेदकहरूमध्ये ९७० जनालाई गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो । 

फागुन १८ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । अब कम्पनीले १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

सर्वसाधारण शेयरधनीहरूले छिटो अवधि फागुन २३ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको मिति तय गरेको छ ।

यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधितकत १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।

साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिृक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस