
काठमाडौं । बिहीवार नेप्सेमा सुपरमादी हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको दुई करोड १० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९९ दशमलव ८० रुपैयाँ देखि २९९ दशमलव ४० रुपैयाँ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि कम्पनीले नेप्सेले कम्पनीको बास्तविक प्रतिशेयर नेटवर्थको तिनगुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले २१ लाख कित्ता सर्वसाधारणको लागि, १० लाख ५० लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र एक करोड ७८ लाख ५० हजार कित्ता संस्थापकहरुको लगानी गरेर कुल २ करोड १० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
साथै सूचीकृत पश्चात दिनुपर्ने आरटिएस सेवा सानिमा क्यापिटलबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एसएमएचएल रहेको छ ।
प्रतिक्रिया दिनुहोस