
काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम पावर लिमिटेडको २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । उक्त कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।
शुभम पावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ८८ दशमलव ४८ देखि अधिकतम रू. २६५ दशमलव ४४ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा आउनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १९ हजार ४२०, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको ५ लाख ८० हजार ५८० कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १४ लाख कित्ता गरी कुल २० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल एसपीएल रहेको छ । सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्सालबाट हुने जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस