
काठमाडौं । हुन्डाइको विद्युतीय गाडी कोनाको नेपालमा सेकेन्ड ह्यान्ड मूल्य ४० लाख रुपैयाँ हाराहारी पाइएको छ। कोरियाली गाडी उत्पादक कम्पनीको विद्युतीय गाडी एक्सचेन्ज अफर योजनामा पुरानो कोनासँग नयाँ कोना ५ खरिद गर्दा यो मूल्यमा पाइने कम्पनीले जनाएको छ । ५ वर्ष अघिबाट नेपालमा बिक्री हुँदै आएको कोना इभीको सेकेन्ड ह्यान्ड मूल्य आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ४० लाख रुपैयाँ निर्धारण गरेको हो।
कम्पनीले केही दिन अघि सुरु गरेको एक्सचेन्ज अफर योजनामा पुरानो कोनासँग नयाँ कोना र आयोनिक ५ खरिद गर्न सकिने बताएको थियो। सोही बमोजिम कम्पनीले कोना इभीको सेकेन्ड ह्यान्ड बजार मूल्य ४० लाख रुपैयाँ तय गरेको जनाएको छ।
अब पुरानो कोनासँग आयोनिक ५ खरिद गर्न इच्छुक ग्राहकले पुरानो कोनाको ४० लाख रुपैयाँ पाउने छन्। अन्य बाँकी पैसा थप गरेर आयोनिक ५ वा नयाँ कोना खरिद गर्न सकिने बताइएको छ। कोनाको मूल्य नेपालमा ६०-६५ लाख रुपैयाँ पर्छ।
प्रतिक्रिया दिनुहोस