aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिकग्रहण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिकग्रहण शुरु

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण गर्न शुरु गरेको छ । एमसीसीद्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहणका लागि सूचना जारी गरेको हो । धादिङ, पाल्पा र तनहुँ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्ने सूचनामा उल्लेख छ ।  

यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६९१० अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि ऐ।दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस