aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन जलविद्युत कम्पनीको आईपीओ भर्ने बिहीवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
तीन जलविद्युत कम्पनीको आईपीओ भर्ने बिहीवार अन्तिम दिन

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक बजारमा विक्रीमा रहेको तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने फागुन २५ गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा डोल्टी पावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट र मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन २५ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।  

डोल्टी पावर र भूगोल इनर्जीले फागुन ८ गतेदेखि र मेन्यिाम हाइड्रोपावरले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेका हुन । पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीमा यी कम्पनीहरूले आईपीओ निष्कासन गरेका हुन । आयोजना प्रभावित स्थानीयमा पनि आईपीओ विक्री छिटो अवधि फागुन २५ गतेसम्मलाई तोकिएको छ । स्थानीयमा सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि डोल्टी पावर र भूगोल इनर्जीको लागि चैत ७ गते, मेन्छियाम हाइड्रोपावरको लागि चैत ९ गते तोकिएको छ । 

डोल्टी पावरले आयोजना प्रभावित स्थानीयमा ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर जारी गरेको हो । त्यस्तै भूगोल इनर्जीले आयोजना प्रभावित स्थानीयमा ५ लाख ४४ हजार ५३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर जारी गरेको हो । मेन्छियाम हाइड्रोपावरले भने आयोजना प्रभावित स्थानीयमा ५ लाख ४२ हजार ५८३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ५१७ कित्ता आईपीओ जारी गरेको हो ।

तीन वटै कम्पनीको आईपीओ विक्री प्रब्न्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस