aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालमा भित्रियो अर्को नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
नेपालमा भित्रियो अर्को नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन

 काठमाण्डौं ।   जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले विहीबार एक समारोहको आयोजना गर्दै काठमाण्डौको भृकुटीमण्डवमा नेपालकै आफ्नो पहिलो तथा मुख्य शो–रुमको औपचारिक उद्घाटन गरेको छ। 

स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक पनि गर्यो ।  ३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन ईलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध छन्।

 यो  ईलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रालिकी अध्यक्ष डा मनोरमा जैसवालले बताएकी छन्। 

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको अध्यक्ष जैसवालले बताइन्। चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चीनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्।

 स्लेन ईलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ। आज १ हजार रुपैयाँ तिरेर ईलेक्ट्रिक स्क्टुर बुकिङ गरेका ग्राहकहरुले २५ हजार नगद छुट पनि प्राप्त गरेका र पहिलो ५० जना ग्राहकहरूमध्येबाट भाग्यशाली एकजनाले १ लाख रुपैयाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ। आजैबाट जमुनी अटो सेन्टर प्रा।लि।ले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शो-रूमहरू संचालनमा ल्याएको छ।
 

प्रतिक्रिया दिनुहोस