aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हिरोका नयाँ मोटरसाइकल बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
हिरोका नयाँ मोटरसाइकल बजारमा


काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो नयाँ उत्पादन  प्रिमियम मोटरसाइकलहरु– एक्स्पल्स २०० टी र दी स्पोर्टी एक्स्ट्रिम २०० एस र  रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कुटरको बिक्री शुरु गरेको छ । 

सबै तीनवटा उत्पादनको बजार मुल्य एक्स्पल्स २०० टी को ३ लाख ३२ हजार  र एक्स्ट्रिम २०० एसको ३ लाख २२ हजार तथा प्लेजर प्लसको १ लाख ८६ हजार रुपैयाँ कायम गरिएको नेपाल जेनरल मार्केटिङ जनाएको छ ।


एक्स्पल्स २००टी

भ्रमणमा जान रुचाउने युवा पुस्ता लक्षित गरी निर्माण गरिएको एक्स्पल्स २०० टी आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाको लागि सटिक मोटरसाइकल हुनेछ । 

एक्स्पल्स २०० टी मा २०० सीसी सीभी कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताले भरिएको ।  जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडको साथमा सामान राख्ने प्लेट रहेका छन् ।

एक्स्ट्रिम २०० एस

एक्स्ट्रिम ब्राण्डका पहिलो खण्डका विशेषताहरु बढाउँदै र अझ स्पोर्टी बनावट थप गरिएको नै नयाँ एक्स्ट्रिम २०० एस हो ।
एक्स्ट्रिम २०० एस हाइवेहरुमा हावाबाट राम्रो सुरक्षण दिने र स्पोर्टी स्थितिका लागि वायुको दवाब कम गर्ने सम्पूर्ण–नयाँ एरोडायनामिकका साथ बनेको छ।

एक्स्ट्रिम २०० एस १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सिसिको एयर कुल्ड इन्जिन जडित छ । मोटरसाइल सवार गर्नेलाई एक असाधारण प्रदर्शन प्रदान गर्न यो बाइक एकदम उपयुक्त सवारी एर्गोनोमिक्सका साथ पेश भएको छ । यसका अतिरिक्त यसमा ७ तहको मोनो–शक सस्पेन्सन समायोजन गरिएको छ जसमा सर्वश्रेष्ठ सवारी ह्याण्डलिङ, थप सुरक्षाको लागि एकल च्यानल एबिएसयुक्त २७६ मिमिको अग्र डिस्क र २२० मिमिको पछाडीको ब्रेक प्रणाली रहेका छन् । 
   
प्लेजर प्लस ११०

रेट्रो डिजाइन र पर्फरमेन्ससहितको शक्तिशाली प्रभावकारी शक्तियुक्त छ । यस स्कूटरमा जडान गरिएको नयाँ ११० सीसी इन्जिन जसले ७५०० आरपिएममा ८ बिएचपिको शक्ति प्रदान गर्ने क्षमता राख्दछ । यसका अलावा स्कूटरले ५५०० आरपिएममा ८.७ एनएमको अधिकतम असरदार टर्क प्रदान गर्दछ, जसले १०१ केजीको वजनलाई संयोजन गर्दै यात्रालाई मनोरन्जक बनाइदिन्छ ।

प्लेजर प्लस ११० मा डिजाइन तत्वहरु जस्तै नयाँ रेट्रो फ्रन्ट, स्लीक रियर पुच्छ«े बत्ती, र दोहोरो विन्यास सिटसहित आधुनिक र पुरातन बनावटको सही सन्तुलन पाउन सकिन्छ ।


चालकको सुविधा र सुरक्षालाई मध्यनजर राखेर स्कूटरमा युएसबि चार्जरलाई अग्रभागको खल्ती नजिकै सजिलै भेटिने गरी राखिएको छ भनें यसमा एलइडि बूट बत्ती, एकीकृत ब्रेक लगाउने प्रणाली र इन्धन तथा साइड स्ट्याण्ड संकेतकसहित नयाँ ब्याकलिट गतिसूचक यन्त्र जस्ता विशेषताहरु विद्यमान रहेको कम्पनीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस