aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएलजी इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश चैत २० गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
एनएलजी इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश चैत २० गते पारित गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २० गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २५ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा विहान १०ः३० मा सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३२ करोड ६६ लाख १४ हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस