
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले फागुन २५ गते पहिलो चरणको आईपीओ बाँडफाँट गरेको जानकारी दिएको हो । माघ ५ गतेदेखि माघ १९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा र माघ ५ गतेदेखि फागुन ५ गतेसम्म आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा ४ लाख ३६ हजार ८०० कित्ता शेयर बाँडफाँट गरेको हो । स्थानियवासीको हकमा १० कित्ता देखि ३ हजार कित्तासम्म माग गर्नेका लागि माग बमोजिम ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म माग गर्नेका ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म माग गर्नै ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने १० कित्ता देखि ३० कित्तासम्म माग गर्र्ने आवेदकलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्तासम्म माग गर्ने आवेदकलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्तासम्म माग गर्ने ९ हजार ५४१ जना आवेदकहरूमध्ये गोलाप्रथाबाट ६ हजार ८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८०० कित्ता शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
पहिलो चरणको आईपीओ बाँडफाँट पछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरिसकेको कम्पनीले अब बाँकी कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ विक्री गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस