aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

४० प्रतिशत हकप्रद जारी गर्न अवि पावरले पायो आयोगको स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
४० प्रतिशत हकप्रद जारी गर्न अवि पावरले पायो आयोगको स्वीकृति

काठमाडौं । अपि पावर लिमिटेडले हकप्रद जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हाल कायम रहेको चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले ७.५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ १ बराबर ०.४० को अनुपात अर्थात बराबरको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो।

अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न वार्षिक साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले रू. १ सय अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन निष्कासन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस