
काठमाडौं । लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ ।
एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।
लक्ष्मी कमर्शियल भेहिकलस प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरु मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिदै आएको छ ।
यसैक्रममा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिनको लागि एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाण्डौको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दैछ । यो सर्भिस क्याम्प आज सोमबारदेखि चैत्र ४ गते सम्म जम्मा ६ दिनसम्म सञ्चालन हुने छ ।
यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १०० प्रतिशत फ्रि चेकजाँच सेवा पाउनेछन् । सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि सय प्रतिशत छुट दिईनेछ । बिशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने छ भने लुब्रिकेन्टहरुमा १५ प्रतिशतको छुट उपलब्ध गराईने छ । स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट सुविधा रहेको छ । साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस