aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रसायनिक मलको मूल्यमा भारी वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ फागुन २०७९
रसायनिक मलको मूल्यमा भारी वृद्धि

काठमाडौं । सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण समायोजन गर्दा रसायनिक मलको मुल्य बढाएको  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । किसानलाई समयमा मलसमेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदान अन्तर्राष्ट्रिय मूल्य अनुसार नबढाउँदा किसान थप मर्कामा पर्ने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार मलमा ११.७८ प्रतिशत बिन्दुले अनुदान समेत घटेको बताए । सरकारले यसअघि सबै खालका रसायनिक मलमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो । अब अनुदान घटाएर ५९.०४ प्रतिशत कायम गरेको छ । अनुदान घटाएसँगै युरिया मलको मूल्य ७८.५७ प्रतिशतले बढ्ने भएको छ । 

सरकारले यसअघि युरिया मलमा कृषकहरुलाई ८०.११ प्रतिशत अनुदान दिँदै आएको थियो । अबदेखि भने सरकारले युरिया मलमा ६४.४९ प्रतिशत मात्रै अनुदान दिने भएको छ । जसमा युरिया मल खरिदमा सरकारले १५.६४ प्रतिशत बिन्दुले अनुदान घटाएको छ ।

मन्त्रालयअनुसार डीएपी मलमा ५९.०४ प्रतिशत अनुदान दिएकोमा ६.६७ प्रतिशतले घटाएको छ । जसमा अबदेखि डीएपी मलमा ५२.३८ प्रतिशत मात्रै अनुदान पाउनेछन् । उक्त अनुदानको कटौती गरेपछि अहिले प्रतिकेजी डीएपी मलको मूल्य ५० रुपैयाँ पुगेको छ । यसअघि डीएपी मलको मूल्य प्रतिकेजी ४३ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस