aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । फागुन २६ गतेदेखि विक्रीमा आएको सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि फागुन ३० गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो ।

फागुन २९ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख ६७ हजार ३३० जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड २५ लाख ४ हजार १५० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव ९४ गुणा बढी आवेदन हुन आउछ ।

कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । 

आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता , वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानीकोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिएको हो । 

सर्वसाधारण लगानीकर्ताले यो शयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ । 

प्रतिक्रिया दिनुहोस